यहाँ सिलाइसम्बन्धी काममा आएका २ युवा आफ्नो हक खोज्दै ७ महिनादेखि कतारको अदालतमा मुद्दा लडिरहेका छन । मद्दा लड्नेमा काभ्रेपलान्चोक चण्डेनी मण्डन-९ का राजकुमार परियार र रुपन्देही पर्रा-९ का हीरा परियार छन् ।
आफन्तले पठाएको हाते भिसामा ४० महिनाअघि कतार आएका राजकुमार विगत सात महिनादेखि यहाँको अदालतमा आफ्नो हक खोजिरहेका हुन् । 'आएको ३३ महिनापछि क्यान्सिल हुन्छु । टिकट र पाउनुपर्ने सुविधा चाहियो भनेको वास्तै गरेन, फेरि टिकट मागेको टिकट पनि दिन्न, क्यान्सिल पनि हान्दिन भन्यो, मद्दा लड्न थालेको पनि सात महिना भयो कहिले टुङ्गो लाग्ने हो थाहा छैन,' पीडित राजकुमारले भने ।
उनलाई श्रम सहचारी ध्रुव कोइरालाले यतिन्जेल बसेपछि केस फाइनल गरेरै जान सुझाव दिएका छन् । राजकुमारले अदालतले एक महिनापछि बोलाएको बताए । उनी सेप्टेम्बर २१ मा अदालत गएका थिए र त्यसै विषयमा सल्लाह लिन दूतावास पुगेका थिए ।
बुटवल दीपनगर ९ का एजेन्ट मीनबहादुर गौतमलाई ९५ बुझाएर मासिक ४० हजार कमाउने प्रलोभनमा ३० महिनाअघि कतार आएका रुपन्देहीका हीरा परियारको पनि यस्तै दुःखेसो छ । 'महिनाको ४० हजार कमाइ हुन्छ भन्दै यता आइयो आएपछि न कामको टुङ्गो थियो न खान बस्नकै । ठेक्कामा जस्तै काम गर्नुपथ्र्यो पिसको आधारमा पैसा दिन्थ्यो सिलाइ भएको दिनमात्र पैसा आउँथ्यो' उनले भने ।
यहाँ आएको ३ महिनापछि नेपाल र्फकन्छु मेरो पैसा फिर्ता देऊ, भनेजस्तो काम भएन भनेर आफूले एजेन्टलाई फोन गर्दा पैसा पनि दिन्न भन्दै उल्टै धम्की दिएको उनले आरोप लगाए ।
'२३ महिनासम्म दुःख सुख गरेर बसेपछि छुट्टी जाने समयमा क्यान्सिल जान्छु, टिकेट देऊभन्दा पनि दिएन र बाध्य भएर मुद्दा लड्न थालेको छु,' परियारले भने । उनीहरूको मुद्दा सनैयाको लेबर कोर्ट, अलसादको अपिलकोर्ट हुँदै अहिले सिटी सेन्टरको हाइकोर्टमा पुगेको छ । 'हातमा सीप भएर मात्रै यति लामो समयसम्म टिक्न सकियो नत्र हाम्रो के हालत हुन्थ्यो होला,' परियारले भने ।
दूतावासबाट मागपत्र स्वीकृत नगराएको र कम्पनीसँग सक्कली सम्झौता नगरी हाते भिसामा कतार आउने अधिकांश नेपाली कामदारलाई समस्या परेको
जनाउँदै दूतावासले स्वीकृत भिसा र सक्कली सम्झौतामा ध्यान दिन आग्रह गरेको छ ।
http://www.blogger.com
janak_bhandari2002@
No comments:
Post a Comment