Friday, February 4, 2011
विवाहपूर्वको प्रेम फगत प्रेमका लागि नभै कम्तीमा सम्भावित जीवनसाथीभित्र आफू अनुकूल वा आफ्नो अपेक्षाअनुरुपको व्यक्तित्वको खोजी गर्नका लागि हुनुपर्छ। आपसी निकटता र विश्वासमा विवाहपूर्व प्रेमसम्बन्धमा कसैले लामो समय बिताउँछन् भने, त्यो राम्रो ! त्यसो हुँदा विवाहपूर्व नै दुई पक्षबीच पर्याप्त परिपक्वता र समझदारी विकास भैसकेको हुन्छ।
विवाह र समझदारी
विवाहलाई धेरैले सम्झौता मान्छन् । यथार्थमा विवाह बाध्यताको सम्झौता नभै समझदारीमा जीवन जिउने कला हो । शब्दको पछि नलागेर विवाहलाई सम्झौता नै मान्ने हो भने पनि 'सम्झौता' आफैमा नराम्रो हुँदैन । एक्लाएक्लै बाँचेका अधुरा दुई पक्ष एक भै पूर्णताको अभ्यासमा लागिपर्छन् भने त्यसमा नराम्रो के छ ? सबै काम, दायित्व र निर्णय हिजोसम्म एक्लाएक्लै गर्ने दुई पक्ष विवाहपछि आपसी सहमति, सल्लाह र समझदारीमा काम गर्छन् भने त्यसमा नराम्रो के भयो र ? विवाहपछि स्वतन्त्रता गुम्छ भनिन्छ । विवाहसँगै गुम्ने कुराको समीक्षा गर्नुपूर्व योसँगै प्राप्त उपलब्धिको पनि सम्झने कि ? विवाहपछि हामी नयाँ जीवन पाउँछौं । जीवनभरको साथी पाउँछौं । विश्वास, माया र भरोसा पाउँछौं । विवाहपछि केही जिम्मेवारी बढ्लान्, सँगै जिम्मेवारी पूरा गर्न आधा भूमिका खेल्ने सहयात्री पनि पाएका हुन्छौं । विवाहलाई 'दलदल' भन्छन् कतिपयले, सही हो । स्मरणरहोस्, कमल दलदलमै फुल्छ । कमल फुलाउन सक्नु-नसक्नु अर्को कुरा !
मायालुको आगमनको कल्पना मात्रले पछ्यौरी वा साडीको सप्को लहराउने, रिमझिम वषर्ा हुने कुरा वास्तविक जीवनमा त नहोला । एरेञ्ज वा लभ, जुनसुकै तरिकाले विवाह गरेका जोडीहरूले पूरा समझदारीमा काम गरे जीवन कल्पना गरिएभन्दा सुन्दर, आकर्षक र व्यवस्थित हुन सक्छ । 'सोचेजस्तो हुन्न जीवन' भन्नु सत्य हो । जीवन धेरै विगि्रएर 'सोचेजस्तो हुन्न जीवन' भन्नुभन्दा जीवन धेरै सपि्रएर 'सोचेजस्तो हुन्न जीवन' भन्नुमा आनन्द छ । यसैतर्फ हाम्रा प्रयास केन्दि्रत हुनुपर्छ । मंसिर सकियो, माघ, वैशाख आउँदै छन् । एक्लाहरूलाई विवाहको निर्णय लिँदा मन र मस्तिष्कको सन्तुलन मिलाउने पूरा अवसर छ । राम्रो काम गर्न ढिला हुँदैन । विवाहबन्धनमा बाँधिइसकेका जोडीहरूका लागि पनि सम्बन्धलाई पुनव्र्यवस्थित गर्ने पूरा हक, अवसर र स्वतन्त्रता छ । आवश्यक छ, इच्छाशक्ति र जागरुकताको !
विवाह र प्रेम
'विवाहपूर्व प्रेम अनिवार्य छ' भन्ने सुन्दा, सातआठ वर्षको उमेरमा विवाह गरेका हजुरबा-हजुरआमालाई अचम्म लागे पनि हाल यो अनिवायर् जस्तै भएको छ । लभलाई एरेञ्जको रुप दिएर विवाह गर्ने हुन् वा एरेञ्जमा लभको खोजी गर्नेहरू हुन्, दुवैथरीले प्रेमको अनिवार्यता स्वीकार गरेका छन् । विवाहपूर्वको प्रेम फगत प्रेमका लागि नभै कम्तीमा सम्भावित जीवनसाथीभित्र आफू अनुकूल वा आफ्नो अपेक्षाअनुरुपको व्यक्तित्वको खोजी गर्नका लागि हुनुपर्छ । आपसी निकटता र विश्वासमा विवाहपूर्व प्रेमसम्बन्धमा कसैले लामो समय बिताउँछन् भने, त्यो राम्रो ! त्यसो हुँदा विवाहपूर्व नै दुई पक्षबीच पर्याप्त परिपक्वता र समझदारी विकास भैसकेको हुन्छ । यस्ता जोडीका लागि विवाह न फलामको ढोका हुन्छ, न विवाहपछिको घरव्यवहार फलामको च्यूरा ! विवाहपूर्व प्रेम हुनु दीर्घ सम्बन्धको आधार हो । तथापि, सफल जीवनका लागि प्रेम मात्र पर्याप्त हँुदैन ।
सामाजिक प्राणी हुनुका नाताले मानिस आफ्नो जीवनकालका विभिन्न चरणमा विभिन्न सम्बन्धमा गाँसिन्छ । मानिसले गाँस्ने यस्ता हरेक सम्बन्धको आफ्नै महत्त्व र आवश्यकता छ । यस्ता सम्बन्धहरूमध्ये प्रेमसम्बन्ध पनि एक हो, जसले मानवीय सम्बन्धहरूमध्ये विशिष्ट सम्बन्धको उपमा पाएको छ ।
कुरा ढिलो-चाँडोको मात्र हो, अन्यथा हरेक मानिस प्रेम सम्बन्धमा बाँधिन्छ भन्ने दावा गर्न सकिन्छ । 'इट इज नेभर टू लेट टु फल इन लभ' भन्ने भनाइले प्रेम-सम्बन्ध गाँस्न कहिल्यै ढिलो नहुने र जोसुकैले जहिलेसुकै प्रेम पाउन र दिन सक्ने स्वतन्त्र अवस्थाको वकालत गरेको छ । प्रेममा उमेर, जात, धर्म भूगोल आदि कुनै कुराको छेकवार हुँदैन । मनको एकीकरण प्रेमको एक मात्र र अन्तिम सर्त हो ।
'देयर इज वन्ली वान ह्याप्पिनेस इन लाइफ-टु लभ एन्ड टु वि लभ्ड' भनिन्छ, जसले प्रेमसम्बन्धको सकारात्मकता र विशिष्टतालाई इङ्गति गर्छ । 'लाए पनि गार्हो, नलाए पनि गार्हो' को विशेषणले पनि प्रेमलाई चिन्ने र बुझ्ने काम हुन्छ । आखिर के हो त प्रेम ? के हुन् यसका विशेषता ? यी र यस्ता प्रश्नको उत्तर एउटै र एकनासको भने भेटिँदैन । प्रेममा हरेकको आफ्नै भोगाइ हुन्छ, त्यसैले प्रेमलाई हरेकले सापेक्ष रूपमा परिभाषित गर्छन् । प्रेम-सम्बन्ध तथा प्रेमाभ्यास विशिष्ट कला हो भन्ने कुरामा दुईमत नहोला । यही विशिष्ट प्रेमका विशिष्ट लक्षणहरूलाई यसरी सूचीकृत गर्न सकिन्छ ।
एकान्तको बसाइ
एकान्तपि्रयता प्रेमपारखी अझ भनौँ प्रेमरोगीहरूको सर्वाधिक साझा चरित्र हो, लक्षण हो । कतिपय मानिस पनि स्वभावैले एकान्तप्रेमी हुन्छन्, तर प्रेमीहरूको एकान्तपि्रयता केही बढी नै गहिरो र फरक हुन्छ । चुकुल लगाएर कोठाभित्र एक्लै बस्नु, ब्याकग्राउन्डमा सुमधुर गीत गुन्जाएर आफैंभित्र हराउनु, पार्क वा बगैंचाका छेउँछाउमा बस्नु आदि एकान्त बसाइका केही उदाहरण हुन् । अझ गजबको कुरा त के छ भने प्रेमीहरूको एकान्त र एक्लो बसाइ भीडभाडमा पनि सम्भव हुन्छ । प्रेम-रोगी आफू भीडभाडमा हुन्छ तर उसले त्यहाँ भीड देख्दैन । त्यहाँ पनि उसले आफू एक्लो भएको पाउँछ र ऊसँग कोही हुन्छ भने उसको आफ्नो मानिस मात्र ।
एकोहोरो संवाद
एकान्तमा बसेर प्रेमरोगीहरू के गर्छन् भन्ने प्रश्न उठ्न सक्छ । प्रेमजोडी साथमै भए त कुरा बेग्लै, प्रेमीहरू एक्लै छन् भने पनि उनीहरू आफ्नो जोडीदारसँग कुरा गर्दै बसेका हुन्छन् । हाँसोउठ्दो कुरा छ, तर यथार्थ हो- प्रेमीहरू एकान्तमा हावासँग कुरा गर्दै बस्छन् । ओछ्यानमा तकियासँग कुरा गर्दै पल्टिएका हुन्छन् । यही सोच्दै कि हावामा आफ्नो मानिसको अंश छ, तकिया आफ्नै मानिसको शरीर हो ।
एकनासको टोलाइ
एकान्तको बसाइँमा सधैं एकोहोरो संवादमात्र हुँदैन । यस्तो बसाइको अधिकांश समय टोलाएर बित्छ । यो लक्षण आफ्नो प्रेम-साथीसँग लामो समयसम्म भेट गर्न नपाएका प्रेमीहरूमा बढी देखिन्छ । यस्ता टोलाइहरू पनि फरक-फरक रूपका हुन्छन् । कोही टोलाउँछन्, त केवल टोलाउँछन्, आफ्नो भौतिक अस्तित्वको ख्यालै नगरी, तर केही भने टोलाइलाई सुन्दर सपना देख्ने माध्यम बनाइरहेका हुन्छन् । कतिपयमा यो दोहोरो लक्षण एकसाथ पनि देख्न सकिन्छ ।
कल्पनाका उडानहरू
सुन्दर कल्पना गर्नु र कल्पनामै संसार जितेको अनुभव गर्नु प्रेमीहरूको दैनिकी नै हो । प्रेममा यथार्थभन्दा कल्पनाले बढी ठाउँ लिएको हुन्छ । यही बानी कतिपयका लागि प्रेमसम्बन्ध समाप्तिको कारक बन्ने गरेको छ । आफ्नो प्रेमलाई सफल पार्नतिर लाग्नुभन्दा बढी प्रेमीहरू कल्पनामै डुबिरहने हुनाले उनीहरू चिप्लिने गरेका छन् । जीवन कल्पनाजस्तो सुन्दर, खोटरहित र उल्झनरहित हुँदैन । यो वास्तविकतालाई थोरैले मात्र बुझ्छन् । यसो भन्दैमा प्रेमको कल्पनाशीलता र त्यसभित्रको अनुपम सन्तुष्टिलाई छोडिहाल्नुपर्छ भन्ने होइन र त्यो सम्भव पनि छैन । प्रेममा कल्पना आवश्यक छ, तर मूर्त र वास्तविकतासँग नजिक रहेर गरिएका कल्पनाहरू बढी लाभदायक हुन्छन् ।
सम्झनाका लावा-लस्कर
मानिसका भरपर्दा र स्थायी मित्र भनेका उसका सम्झना हुन् । प्रेमीहरूको हकमा त झन् सम्झना भनेका विशेष शक्तिदायक टोनिक हुन्, जसले वर्तमानको शून्यतालाई धेरै हदसम्म मेटाउने काम गर्छ । बितेका दिनमा आफूले र आफूहरूले सँगै बिताएका पलहरू, आफ्नो मान्छेका विभिन्न क्रियाकलाप, उसका बोली एवं विचारहरू सम्झना बनी सामुन्ने आइदिन्छन् । तिनै सम्झनाको पछि लागेर केही समय भावनामा बहनुको मजै बेग्लै हुन्छ । 'दर्दमे भी ऐ लव मुस्कुरा जातेहै, बिते लम्हे हमे जब भी याद आतेहै' गीतका यिनै भावसँग सहमति जनाउँछन् प्रेमीहरू ।
भविष्यका योजनाहरू
कल्पनाको सम्झनामा डुबी बस्दा प्रेमीहरू भोलिका मीठा योजना बनाउन भुल्दैनन् । प्रेमले भरिएका उनीहरूका मन र मस्तिष्कमा सानो घर, सुन्दर परिवारजस्ता मायैमायाले भरिएका सपना र योजनाका संरचनाहरू खडा भैरहेका हुन्छन् । उनीहरू आदर्शजोडी बनेर बाँच्ने कल्पना गर्छन् ।
प्रारम्भको चञ्चलता
प्रेममा चञ्चलताको ठूलो स्थान छ । प्रेममा परेपछि स्वभावैले मन चञ्चल हुन्छ । ऊभित्र थुप्रै रोमाञ्चक भावना उमि्रन थाल्छन् । उमङ्गको सञ्चार हुन्छ । मन चङ्गासरि नाच्छ, बादलझैँ उड्छ । प्रेमको प्रारम्भिक अनुभव र अपूरा थुप्रै उत्सुकताले चञ्चलताको मात्रालाई बढाइदिन्छ ।
गम्भीरताको दोस्रो पाटो
प्रेमीहरू परिपक्व हुँदै जाँदा, उनीहरूको प्रेमप्रतिको चञ्चलतामा कमी आउँदै जान्छ । उनीहरू क्रमशः गम्भीर बन्दै जान्छन् । भावनामा बहने गतिमा पनि कमी आउँछ । अमूर्त सपनाहरूमा उनीहरू धेरै भुल्दैनन् । 'लभ नेभर कम्स एलोन, इट कम्स विद् रेस्पोन्सिब्लिटिज', हो रहेछ, उनीहरू बल्ल स्वीकार्छन् । जिन्दगी कल्पना र भावनाभन्दा यथार्थको नजिक भएर जिउनुपर्दो रहेछ भन्ने बोध हुन्छ उनीहरूलाई ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment